मेगा बैंकको खुद नाफा एक अर्ब २१ करोड, १३१% बढ्यो

May 08, 2019 Merolagani

मेगा बैंक (MEGA) ले बुधबार १३१.३३ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। एनएफआरएस प्रतिवेदन अनुसार सार्वजनिक बैंकको विवरणमा व्यवसाय विस्तारबाट ब्याज आम्दानी बढ्दा नाफामा उच्च सुधार देखिएको हो ।

खुद नाफा ६८ करोड ९३ लाख  बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा गत आवको चैत मसान्तको तुलनामा १३१.३३ प्रतिशतको सुधार भएको छ। बैंकले यस अवधसम्ममा एक अर्ब २१ करोड ४२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा बैंकको खुद नाफा ५२ करोड ४२ लाख ४ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको नाफा ६८ करोड ९३ लाख ७९ हजार रुपैयाँले बढेको हो । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर पश्चात बैंकको प्रगतिमा आशातित सुधार हुँदै गएको छ।

वितरणयोग्य नाफा ७६ करोड ७४ लाख

चालु आवको ९ महिनासम्ममा बैंकले ७६ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश बाँड्नसक्ने क्षमता निमार्ण गरेको छ ।

दश अर्ब ३८ करोड ८६ लाख ८१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ९ महिनामा कमाएको नाफाका अधारमा शेयरधनीलाई दश प्रतिशत भन्दा थोरै मात्र लाभांश वितरण गर्न सक्छ ।

एनएफआरएस रिर्पोट अनुसार एक अर्ब २१ करोड ४२ लाख खुद नाफा कमाएको बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २४ करोड २८ लाख ५६ हजार, संस्थागत समाजिक उत्तरदायित्वमा १ करोड २१ लाख ४२ हजार र रेगुलेटरी रिर्जब कोषमा २० करोड ४८ लाख ८२ हजार रुपैयाँ छुट्टाउँदा १ करोड ३० लाख ९३ हजार रुपैयाँ रेगुलेटरी रिर्जब कोषबाट फिर्ता आएको छ ।

राष्ट्र व्यवस्था अनुरुप समग्रमा बैंकले ४४ करोड ६७ लाख ८८ हजार रुपैयाँ व्यवस्था गरेको हो।

जगेडा कोषमा थप सुधार आवश्यक

समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार पनि १९ प्रतिशतले सुधार आएको छ । गत चैत मसान्तमा एक अर्ब ६३ करोड ७५ लाख रहेको बैंकको जगेडा कोष चालु आवको चैत मसान्तमा एक अर्ब ९४ करोड ९७ लाख पुगेको हो ।

यद्यपी दश अर्ब चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष दुई अर्ब हाराहारीमा रहनुले बैंकलाई शेयरधनीलाई लाभांश वितरण गर्न जगेडा गप मजबुत पार्नुपर्ने चुनौति छ ।

७५ अर्ब निक्षेप संकलन र ६७ करोड कर्जा परिचालन

चैत मसान्तसम्ममा बैंकले ७५ अर्ब २१ करोड १७ लाख रुपैयाँ बचत संकलन गरि ६७ अर्ब ५८ करोड ६५ लाख बराबरको बर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकको निक्षेप १८.४५ र कर्जा लगानी २१.७१ प्रतिशतले सुधार भएको हो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा

व्यवसायको आकारमा भउको वृद्धिसँगै बैंकले चालु आवको ९ महिना अवधिमा २ अर्ब ७५ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कोषको लागतमा देखिएको वृद्धिले ब्याज खर्च बढे्दा समेत बैंकले १११.६० प्रतिशतको आकर्षक वृद्धि गरेको छ ।

गत चैत मसान्तमा बैंकले एक अर्ब ३० करोड मात्र खुद ब्याज आम्दानी गरेको थियो।

यसैगरि बैंकको सञ्चालन नाफा एक अर्ब ७० करोड ५७ लाख पुगेको छ जबकी बैंकको गत आवको यसै अवधिमा ७३ करोड ९२ लाख मात्र थियो।

कर्जा निक्षेप अनुपात र खराब कर्जा

बैंकको कर्जा निक्षेप अनुपातमा घटेको छ भने खराब कर्जा अनुपातमा भने वृद्धि भएको छ । गत आवको चैत मसान्तमा ७९.९३ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात ७८.९१ मा झरेको छ भने ०.९८ प्रतिशतको खराब कर्जा अनुपात १.४२ प्रतिशतमा बढेको छ ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

आम्दानीमा देखिएको बढोत्तरीसँगै बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ ३६ पैसाले सुधारिएको छ ।

गत आवको चैत मसान्तमा ६ रुपैयाँ ८० पैसा रहेको बैंकको इपिएस १५ रुपैयाँ ५८ पैसा पुगेको छ भने १२२ रुपैयाँ ८४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसामा पुगेको छ ।

खराब कर्जा केही बढेपनि बैंकको सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप तथा कर्जा, प्रतिशेयर आम्दानी तथा नेटवर्थमा सुधार भएको छ। बैंकको आधार ब्याजदर १०.२ प्रतिशत, कोषको लागत ७.७३ प्रतिशत छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।