लक्ष्मी लघुवित्तको ६४ औं शाखा सप्तरीमा

May 08, 2019 Merolagani

लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड(LLBS) ले सप्तरी जिल्लाको रुपनीमा ६४ औं शाखा सञ्चालनमा ल्याएको छ ।

वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु र प्रमुख अतिथी तथा रुपनी गा.पा.का अध्यक्ष हरेराम यादवले उक्त शाखा संयुक्त रुपमा उद्घाटन गरेका थिए।

लक्ष्मी लघुवित्त नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य लिएको छ ।

संस्थाले चैत्र मसान्त २०७५ सम्ममा ४९ वटा जिल्लामा शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।

संस्थाले आफ्नो सदस्यहरुबाट १ अर्व १८करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४३ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैँकिङ्ग एजेन्टको रुपमा कारोबार समेत संचालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।