सिन्धु विकास बैंकको खुद नाफा दोब्बर

May 08, 2019 Merolagani

सिन्धु विकास बैंक (SINDU) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो खुद नाफा दोब्बर बनाएको छ। गत आवको चैत मसान्तसम्म एक करोड ८१ लाख कमाएको बैंकको खुद नाफा तीन करोड ६० लाख पुगेको हो।

समीक्षा अवधिमा करिब २० प्रतिशतले पूँजी बढाएको बैंकको नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६१ पैसा कायम भएको छ। चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । 

चालु आवको तेस्रो त्रैमाससम्ममा दुई अर्ब एक करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८२ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकले २६ प्रतिशत धेरै खुद ब्याज आम्दानी गरेको छ। गत पुसमा ७ करोड ४० लाख रहेको खुद ब्याज आम्दानी ९ करोड ३३ लाख रुपैयाँ पुगेको हो। तेस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ४ करोड ८० लाख छ ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४२ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात १३ं५२ गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।