आरम्भ माइक्रोफाइनान्सको खुद नाफा २९०% बढ्यो

May 08, 2019 Merolagani

आरम्भ माइक्रोफाइनान्स (AMFI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत चैत मसान्तको तुलनामा २९०.७७ प्रतिशतले खुद नाफा बढाएको छ। गत वर्षको तेस्रो त्रैमासमा १९ लाख ६२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको माइक्रोफाइनान्सले यस अवधिमा ७६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाईनान्सको जगेडा कोषमा ५१ लाख ७५ हजार रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको जगेडा कोष ३३ लाख ९७ हजार रुपैयाँ ऋणात्मक थियो । 

१४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ३० करोड १८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट गरेर ४५ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

माईक्रोफाइनान्सले २ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४३ लाख ६१ हजार रुपैयाँले बढेको हो । ५ करोड ३९ लाख रुपैयाँ कुल व्याज आमदानी गरेको माइक्रोफाइनान्सले व्याज वापत ३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।

माईक्रोफाइनान्समा खराब कर्जा अनुपातमा सुधार भएको छ । गत वर्ष ३.३२ प्रतिशत रहेको यो अनुपात यस अवधिमा २.५९ प्रतिशतमा झरेको छ ।

आराम्भ माईक्रोफाइनासको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६२ र मूल्य आम्दानी अनुपात ४९.८० गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।