मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी साढे १२ रुपैयाँले बढ्यो, जगेडा कोषमा सुधार

May 08, 2019 Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) को प्रतिशेयर आम्दानीमा १२ रुपैयाँ ४५ पैसाले सुधार भएको छ । गत आवको चैत मसान्तमा १५ रुपैयाँ ८६ पैसा रहेको लघुवित्तको इपिएस चालु आवको यसै अवधिमा २८ रुपैयाँ ३० पैसा पुगेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले एक करोड ४० लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७८.४५ प्रतिशतले धेरै हो। गत वर्ष लघुवित्तले ७८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

गत आर्थिक वर्षको नाफाबाट १०.४५ प्रतिशत बोनस वितरण गरेपनि बोनस पूजीकरण नगरेको लघुवित्तको चुक्ता पूँजी ६ करोड५९ लाख ७७ हजार रहेको छ ।

लघुवित्तको जगेडा कोषमा १६४.६८ प्रतिशतले सुधार गर्दै ३ करोड ९५ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आवको चैतमा एक करोड ४९ लाख बराबरको जगेडा कोषको आकार रहेको थियो।

यस अवधिमा लघुवित्तले २२ करोड ५४ लाख निक्षेप संकलन र ५२ करोड ४७ लाख सापटीबाट ८४ करोड ३१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

चैत मसान्तसम्म लघुवित्तले ४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.७६ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले ३ करोड २६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.६५ प्रतिशत , प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १७.१४ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।