गुराँस लघुवित्तको आईपिओ बिहीबार बाँडफाँड हुने

May 08, 2019 Merolagani

गुराँस लघुवित्तले बैशाख १६ गते देखि निष्कासनमा ल्याएको आईपिओ बैशाख २६ गते बिहीबार बाँडफाँड हुने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ बिहीबार बाँडफाँड गर्ने भएको हो ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटका अनुसार लघुवित्तको आईपिओ २० गुणा अधिक आवेदन परेको छ ।

लघुवित्तले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता शेयर निष्काशन गरेकोमा ४५ लाख ४८ हजार कित्ता शेयर माग भएको हो । आईपिओमा दुई लाख ४२ हजार ६०० जनाले आवेदन गरेका छ ।

लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयरमा सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।