हिमालयन डिस्टिलरीको शेयरमूल्य उकालो लाग्दा दोस्रो दिन पनि सर्किट

May 08, 2019 Merolagani

हिमालयन डिस्टिलरी (HDL) को शेयर मूल्य दश प्रतिशतले बढेपछि लगातार दोस्रो दिन पनि सक्रिट लागेको छ । मंगलबार दश प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता १६५० पुगेको कम्पनीको शेयर मूल्य बुधबार १८१५ रुपैयाँ पुगेको छ ।

कम्पनीको शेयर मूल्य बर्षकै सर्वाधिक हो। एक बर्षको अवधिमा कम्पनीको शेयर सबैभन्दा कम प्रतिकित्ता ११०६ रुपैयाँसम्म झरेको थियो ।

बुधबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा १२ कारोबार बाट सर्किट लागेको हो ।

वाणिज्य बैंक, बीमा, जलविद्युत र उत्पादन मुलुक समूहमा लगानीकर्ताले फड्को मार्दै गर्दा हिमालयन डिस्टिलरीको शेयरमा आर्कषण देखिएको हो ।

चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्ने हल्ला सँगै दोस्रो बजारमा चलेपछि मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। डेढ घण्टाको अवधिमा यो कम्पनीको एक हजार ४४४ कित्ता शेयर २५ लाख ७६ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिमै १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नु अघि बजारमा नाफा बढाएको हल्लाहरुले शेयर मूल्य उचालिएको हो।

विगत पाँच बर्षदेखि नगद लाभांश बाड्दै आएको कम्पनीले गत वर्षको मुनाफाबाट २०.०५ प्रतिशत नगद लाभांश दिएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।