गुराँस लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकलाई बाँडफाँड

May 09, 2019 Merolagani

गुराँस लघुवित्त (GLBSL) ले बैशाख १६ गते २० गतेसम्म निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन्।

कम्पनीले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता निष्काशनमा ल्याएकोमा लघुवित्तको कर्मचारीतर्फको ५ कित्ता थप गरेर २ लाख ३३ हजार ६३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३६३ आवेदकलाई बाँडफाँड गरिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा १० बजे उक्त आईपिओ बाँडफाँड गरिएको हो ।

सर्वसाधारणमा निष्काशन गरिएको लघुवित्तको आईपिओमा कूल तीन लाख २ हजार ३८ वटा आवेदनबाट २३.८० गुणा अधिक ५५ लाख ६० हजार ३४० कित्ता आवेदन परेको थियो ।

जसमध्ये ६४२ वटा आवेदनबाट परेको १४ हजार ८९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । तीन लाख एक हजार ३९६ वटा आवेदन सदर भएको थियो। सदर आवेदनबाट ५५ लाख ४५ हजार ४५० कित्ता शेयर माग भएको थियो ।

कूल सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आईपिओ पाएका हुन् । सदर आवेदकको ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् ।

लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।