ट्रम्पले ईरानमाथि लगाए नयाँ प्रतिबन्ध

May 09, 2019 Merolagani

अमेरिकाले बुधबार ईरानमाथि थप नयाँ प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध फलाम, स्टील, आल्मुनियम र तामाको निर्यातमा लगाइएको हो ।

ह्वाइट हाउसका अनुसार, ईरानलाई कुल निर्यातको १० प्रतिशत राजस्व यिनै धातुहरुको निर्यातबाट प्राप्त हुने गर्दछ । अमेरिकाको यस नयाँ प्रतिबन्धबाट दुई देशका बीच तनाव बढ्न सक्ने बताइएको छ ।

ट्रम्पले भने, ‘मैले इरानको फलाम, स्टील, आल्मुनियम र तामामाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेको छुँ । ईरानको राजस्वको सबैभन्दा ठूलो गैर–पेट्रोलियम स्रोत यहीँ हो । प्रतिबन्धको लक्ष्य ईरानलाई धातुको निर्यातबाट प्राप्त हुने राजस्वमा कटौती गर्नु रहेको छ । हामी अरु देशहरुलाई पनि ईरानबाट आयात हुने स्टील र अन्य धातुहरुलाई आफ्नो देशमा नभित्र्याउनु भन्न चाहन्छौँ ।’

ट्रम्पले ईरानी अधिकारीहरुसँग भेट्ने इच्छा भएको बताएका छन् । उनले आफ्नो आदेशमा ईरानले धातुको निर्यातबाट प्राप्त राजस्व परमाणु हतियार र आतंकी समूहहरुको नेटवर्कलाई सहायता गर्न सक्ने भन्दै त्यस्ता कार्यलाई अगाडि नबढाओस् भन्नका लागि आफूले नयाँ प्रतिबन्ध लगाएको बताएका छन् ।

इरानले बुधबार २०१५ को एटमी सम्झौताको केही शर्त मान्न अस्वीकार गरेपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको बताइएको छ । उक्त सम्झौतामा ईरान, रुस, चीन, फ्रान्स, बेलायत र जर्मनी शामिल रहेका छन् । सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको थियो ।

अप्रिल महिनामा मात्र अमेरिकी सरकारले ईरानबाट तेल आयात गर्ने देशहरुलाई अबको नयाँ प्रतिबन्धमा कुनै पनि प्रकारको छुट नदिइने बताएका थिए । मे महिनादेखि ८ वटा देशलाई प्रतिबन्धमा प्राप्त छुट सकिदैछ । उक्त निर्णयको उद्देश्य ईरानको तेल आयात शुन्य बनाउनु रहेको बताइएको छ । एजेन्सी

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।