गण्डकी विकास बैंकबाट महालक्ष्मी लाइफको बीमा सुविधा प्राप्त गर्न सकिने

May 09, 2019 Merolagani

गण्डकी विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार गण्डकी विकास बैंकले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्नेछन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

इन्स्योरेन्सले पूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ ।

सम्झौतामा पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।