साधारण सभाको मुखैमा कसले बिक्री गर्दैछ सिभिल बैंकको १७ लाख कित्ता संस्थापक शेयर ?

May 09, 2019 Merolagani

- जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिने।
सिभिल बैंकले साधारण सभाको अघिल्लो दिन ठूलो परिमाणमा संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ। बैशाख २७ गते शुक्रबार दुई आर्थिक वर्षको एकैपटक साधारण सभा सम्पन्न गर्न लागेको बैंकले बिहीबारदेखि १७ लाख ५३ हजार ५९४ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो।

साधारण सभाको मुखैमा आएर दुई आर्थिक वर्षको लाभांश खाएर बैंकको ठूलो शेयर धारण गर्ने व्यक्ति बैंकबाट निष्कन लागेका हुन् ।

इच्छुक योग्य व्यक्ति तथा संस्थाले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख कित्ताका लागिका लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

न्यूनतम नै दुई करोड रुपैयाँ बराबरको आवेदन गरि शेयर किन्नुपर्ने भएकाले बैंकको संस्थापक शेयर खरिद गर्न सर्वसाधारणले बैंकको शेयर किन्ने सम्भावना ज्यादै न्यून छ । यसका लागि नागरिक लगानी कोष, सञ्चय कोष वा बीमा कम्पनीहरु नै भित्रनुपर्ने अवस्था छ ।

बैंकमा ठूलै लगानी गरेको समूह बैंकबाट बाहिरिन लागेको बुझिएको छ । हाल सिभल बैंकमा इच्छाराज तामाङ्गसँग ६.३० प्रतिशत, सृजना शाक्यको नाममा ४.६२ प्रतिशत, राजु श्रेष्ठ १.४८,मिना महर्जन १.३८, अमिररन्त डैगोल र त्रिरत्न महर्जनसँग समान १.११ प्रतिशत र जय महाशक्ति टे«ेड इन्भेष्मेन्ट एण्ड सप्लायर्स प्रालिको नाममा १.०५ प्रतिशत संस्थापक शेयर हिस्सा रहेको छ । 

यसअघि सिभिल बैंकको लिलामीमा बेचेको २७ लाख कित्ता संस्थापक शेयर कर्मचारी सञ्चयकोषले खरिद गरेको थियो। राष्ट्र बैंकको व्यवस्था बमोजिम एक प्रतिशतभन्दा बढी संस्थापक शेयर खरिद बिक्री गर्न अनिवार्य रुपमा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्छ ।

बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामी शेयरमा जेठ ९ गते भित्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको मुख्य कार्यालय सुन्धारा काठमाडौंमा आईपुग्ने गरी बोलपत्र पेश गरिसक्नुपर्नेछ ।

उक्त बोलपत्र जेठ १० गते बिहीबार ११ बजे खुला गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । इच्छुक योग्य व्यक्ति तथा संस्थाले उक्त शेयरमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखी बढाबढ मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।