ब्रोकरहरुलाई वेबसाइट संचालन गर्न नेप्सेको निर्देशन

May 09, 2019 Merolagani

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले शेयर दलाल कम्पनी (ब्रोकरहरु) लाई वेबसाइट संचालन गर्न निर्देशन दिएको छ । नेप्सेले बिहीबार एक सूचना जारी गर्दै अहिले सम्म वेबसाइट नभएका ब्रोकरहरुलाई वेबसाइट खोल्न निर्देशन भनेको हो।

सर्वसाधारण लगानीकर्ताहरुलाई नेप्सेको सदस्यता प्राप्त ब्रोकरहरुबाट प्रदान गरिने सेवा सुविधा सम्मको पहुँचलाई अझ सहज बनाउन ब्रोकरहरुले वेबसाइट खोल्नु पर्ने नेप्सेले जारी गरिएको सूचनामा उल्लेख छ ।

अहिले सम्म वेबसाइट नभएको ब्रोकर कम्पनीहरुलाई २०७५ जेठ मसान्त भित्र वेबसाइट खोलि जानकारी गराउन नेप्सेले भनेको छ ।

यसले धतोपत्र बजार सम्बन्धी सूचना तथा जानकारीहरु प्रवाहमा सहयोग पुग्नेछ नेप्सेको भनाई छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।