जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ बिक्रीमा, बैशाख ३१ सम्म आवेदन दिन सकिने

May 10, 2019 Merolagani

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि सर्वसाधारणमा साधारण शेयर बिक्रीमा ल्याएका छन्। जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेका हुन्।

जनसेवी लघुवित्त (JSLBSL)ले जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशत अर्थात प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता शेयरमा बिक्रीमा ल्याएको हो।

लघुवित्तले निष्काशन गर्ने कूल चार लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीकालागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

लघुवित्तको आईपिओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपिओ एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दातल आधार रहेको बुझाउँछ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

चालु आर्थिक वर्षमा जनसेवीले एक करोड ९९ लाख, आव २०७६/७७ मा ३ करोड २० लाख र आव २०७७/७८ मा ५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरको छ ।लघुवित्तले चैत मसान्तसम्म ८७ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसैगरि स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMBSL) को एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन भएको हो । कूल निष्काशित सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।

आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । गोलाप्रथाबाट बाँडफाँड हुने र करिब पाँच प्रतिशत आवेदकले मात्र पाउने यस आइपिओमा लगानीकर्ताले एक हजारको आवेदन नै प्रयाप्त हुन्छ ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तले चैत मसान्तसम्म एक करोड ४४ लाख नाफा कमाएको छ ।

दुबै लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र स्वाभिमान लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।