सगरमाथा इन्स्योरेन्सको आकर्षक लाभांश प्रस्ताव, चुक्ता पूँजी एक अर्ब पुग्ने

May 10, 2019 Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले बोनस प्रस्ताव गरेको छ। इन्स्योरेन्सको बैशाख २६ गते बसेको सञ्चालक समितिको २७१ औं बैठकले शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हाल कामय ५३ करोड ८२ लाख रुपैयाँको ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस शेयरमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुबाट व्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाइएको छ ।

इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ ।

 

बीमा समितिले चालु आर्थिक वर्ष भित्रै साधारण सभा गरेर न्युृनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि इन्स्योरेन्स कम्पनीहरुले पूँजी बृद्धिको प्रकृया अगाडी बढाएको हो ।

चुक्ता पूँजी पुर्याउन नसकिने इन्स्योरेन्सहरुको लागि मर्जर निर्देशिका पनि जारी गरिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।