इन्स्योरेन्सले फागुन २१ गतेदेखि चैत २५ गते सम्म चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।
त्यस बेला नबिकेको हकप्रद इन्स्योरेन्सले जेठ ५ गते देखि लिलामीमा ल्याउन लागेको हो । लिलामी शेयरमा न्युनतम प्रतिशेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नु पर्दछ ।
ग्लोबल आईएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमल काठमाडौं र ग्लोबल आईएमई बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणढ, पोखरा, बुटवल मिलन चोक, वीरगंज, बाग्लुङ, घोरही दाङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, धनगढी र महेन्द्रनगरको शाखा कार्यालयहरुमा बोलपत्र बुझाउन सकिनेछ ।
बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ताको लागि आबेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन् ।
लिलामी शेयरमा जेठ १९ गते सम्म बोलपत्र पेश गर्न सकिनेछ ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३७ कायम गरकेो छ ।