ग्रामीण विकास लघुवित्तको हकप्रद खुल्यो, जेठ ३० गते सम्म आवेदन गर्न सकिने

May 10, 2019 Merolagani

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) को चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयरको बिक्री खुलेको छ। लघुवित्तले बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

हकप्रद निष्काशनका लागि लघुवित्तले चैत २९ गते बुकक्लोज गरिसकेको छ । त्यस अनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्रै जेठ ३० गते सम्म हकप्रदमा आवेदन दिन पाउनेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगानखेल ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिनेछ ।

हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४७ पैसा कायम गरेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानीको अनुपात १३.३२ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।