चीनले दुई देश बीचको व्यापार युद्धले चीन र अमेरिकालाई मात्र नभई विश्वभर नै असर परेको जानकारी भएको बताउँदै यदि ट्रम्पले शुल्क बढाएमा आफू पनि शान्त भएर नबस्ने चेतावनी दिएको छ ।
अमेरिका र चीनका बीच सन् २०१८ मार्च महिनादेखि सुरु भएको व्यापार युद्धले अझ उग्र रुप लिदैँ गइरहेको छ ।
आइतबार मात्र ट्रम्पले ट्वीट गरेर चीनबाट आयात हुने २०० अर्ब डलर बराबरको सामानमा शुल्क बढाएर १० प्रतिशतबाट २५ प्रतिशत पुर्याउने बताएका छन् । योसँगै चीन पनि उग्र बनेको छ ।
यद्यपी गन वर्ष नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति शी–जिङपिंगले जी–२० सम्मेलनका क्रममा फेरी व्यापार वार्ता गर्ने र मे महिनासम्म कुनै पनि प्रकारको शुल्क नलगाउने कुरामा सहमति जनाएका थिए ।
उता ट्रम्पले भने चीनले नै अहिले जारी रहेको व्यापार वार्ता तोडेको आरोप लगाएका छन् । चीनले सम्झौता तोडेकाले नै आफूले आयात कर बढाउने निर्णय गरेको भन्दै उनले शुल्क वृद्धिको बचाउ गरेका छन् । एजेन्सी