आइसिएफसि फाइनान्स र ह्याम्स हस्पिटलबीच सम्झौता

May 10, 2019 Merolagani

आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) र ह्याम्स हस्पिटल, धुम्बाराहीबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुक्रबार दुई सस्थाबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार फाइनान्सका कर्मचारी, कर्मचारीका परिवार एवम् फाइनान्सका डेबिट कार्ड ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

सम्भौतापत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र हस्पिटलका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।