इन्भेष्टमेन्ट बैंकको नाफा करिब दश प्रतिशत घट्यो

May 12, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को खृुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९.६१ प्रतिशतले घटेको छ। निजी स्वामित्वमा सञ्चालित बैंकले चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड ५६ लाख खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा बैंकले दुई अर्ब ८३ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको थियो। बैंकले प्रवाह गरेको कर्जा वापत सम्भावित नोक्सानी कोषमा ९२ करोड ४१ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको नाफा घटेको हो ।

शेयरधनी कोष २५ अर्ब माथि

नेपाल इन्भेष्टमेन्ट बैंकको ३२ औं वार्षिक साधारणसभाले १८ प्रतिशत बोनस शेयर पारित गरेपछि चुक्ता पूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा बलियो बैंक बनेको छ। बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको रकम १० अर्ब ५५ करोड ६४ लाख, रिटेर्न अनि, रिटेर्न अर्निङ्ग एक अर्ब ८३ करोड र शेयर प्रिमियम कोष १० करोड २२ लाख रुपैयाँ कायम हुँदा शेयरधनी कोष करिब २५ अर्ब ७ करोड ९१ लाख पुगेको हो।

एक अर्ब ४३ करोडको लाभांश क्षमता

चालु आवको चैत मसान्तसम्म बैंकले एक अर्ब ४३ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । यस आधारमा बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने अवस्था छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ५१ करोड ३१ लाख, मुद्रा सटही कोषमा ५२ लाख ३३ हजार, संस्थागत समाजिक उत्तरदायित्वमा ६लाख ६० हजार, र डिबेञ्चर रिडम्सन रिर्जबमा १३ करोड ३९ लाख र रेगुलेटरी रिर्जब कोषमा ४७ करोड २२ लाख छुट्टाएको हो।

दुई अर्ब ५६ करोड ५६ लाख खुद नाफा कमाएको बैंकले एक अर्ब १२ करोड ७९ लाख व्यवस्था पश्चात लाभांश क्षमता एक अर्ब ४३ करोडमा खुम्चिएको हो।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप एक खर्ब ४२ अर्ब,कर्जा लगानी एक खर्ब २७ अर्ब

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन चालू आवको दोस्रो त्रैमास अवधिसम्म एक खर्ब ४२ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको चैतसम्म बैंकले एक खर्ब ३६ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

त्यसैगरि बैंकले चालू आवको चैत समान्तसम्म एक खर्ब २४ अर्ब २ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक खर्ब १८ अर्ब ३२ करोड २५ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ४ प्रतिशतले निक्षेप र ४.८२ प्रतिशतले कर्जा विस्तार गरेको छ।

प्रतिशेयर आम्दानी संकुचन, खराब कर्जा पनि बढ्यो

एस डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराएको यस बैंकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस वितरण गरे पूँजी बढाउँदा प्रतिशेयर ८ रुपैयाँ ३८ पैसा आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा वार्षिक ३५ रुपैयाँ ५५ पैसा वार्षिक प्रतिशेयर आम्दानी रहेको बैंकको चालू आवको यसै अवधिमा २७ रुपैयाँ १७ पैसामा सीमित भएको हो ।

बैंकको पूँजी वृद्धि हुनु र नाफा घट्दा इपिएसमा ठूलै दबाब परेको हो । यस अवधिमा बैंकको खुद नाफा ९.६१ प्रतिशतले बढ्दा पूँजी १८.२६ प्रतिशतले बढेको छ ।

यसैगरि बैंकको खराब कर्जा अनुपात उच्च बढेको छ । गत आवको यसै अवधिमा ०.७६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात तेब्बर बढी ३.०४ प्रतिशत पुगेको हो। व्यवसायको आकार बढाउँदा असल ऋणीहरुको खोजी गर्न बैंक व्यवस्थापनले थप गृहकार्य गर्न आवश्यक देखिन्छ ।

आधारदरमा राहत, निक्षेप लागत बढ्यो

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा उच्च ब्याजदरमा निक्षेप संकलनको होडले बैंकको कोषको लागत बढेको छ भने आधार ब्याजदरमा भने केही राहत मिलेको छ ।

गत आवको चैत मसान्तमा रहेको बैंकको कोषको लागत ६.३५ बाट ६.४८ प्रतिशतमा बढेको छ भने आधार ब्याजदर ९.१२ प्रतिशतबाट ८.५४ मा झरेको छ।

यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात भने घटेर ७६.१९ प्रतिशतमा भएपनि पूँजी कोष अनुपात ११.९७ प्रतिशतमा खुम्चिनुले बैंकलाई लगानी बढाउन पूँजीकोष अनुसार बढाउनुपर्ने बाध्यता छ । बैंकले जेबिल्स फाइनान्सलाई खरिद समेत गर्दैछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।