ओरियण्टल होटल्सको नाफा पौने २१ करोड, एक करोड बढ्यो

May 12, 2019 Merolagani

ओरियण्टल होटल्सको खुद नाफा एक करोड २३ लाख रुपैयाँले बढेको छ। गत आवको चैत मसान्तसम्ममा १९ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको होटल्सको नाफा २० करोड ७४ लाख पुगेको छ।

लाजिम्पाट काठमाडौंमा र्याडिसन होटल सञ्चालन गरिरहेको यस कम्पनीले चालु आवको चैत मसान्तसम्म व्यवसाय तथा सेवाको बिक्री मार्फत ८७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले ८१ करोड २६ लाख रुपैयाँ आम्दानी गरको थियो । 

यस अवधिमा होटलले ३१ करोड २१ लाख रुपैयाँ होटल सञ्चालनबाट नाफा कमाएको छ। गत वर्ष होटलले २९ करोड ८२ लाख रुपैयाँ सञ्चालन नाफा मार्फत आर्जन गरेको थियो ।

चालु आवको चैत मसान्तसम्मा २१ करोड ३६ लाख रुपैयाँ कर्मचारीलाई खर्च गरेको होटलले १० करोड ७५ लाख लाखको खाध्यान्न र पेय पदार्थ खरिद गरेको छ।

त्यसैगरी १२ करोड २६ लाख सञ्चालन र ६ करोड १७ लाख ह्रासकट्टी र १२ करोड ३१ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेको देखिन्छ ।

चुक्ता पूँजी एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा एक अर्ब ८ करोड १४ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ दुई सय ६६ पैसा छ ।

होटलको मूल्य आम्दानी अनुपात २२.५८ गुणा बढी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।