कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि पनि १२ प्रतिशत नै बोनस वितरण गरेको थियो।
उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।