सानिमा इन्स्योरेन्सको खुद बीमा शुल्क पौने तीन करोड

May 12, 2019 Merolagani

सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले पुर्नबीमा कमिशन आयबाट १ करोड ९४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयवाट २९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले कम्पनीले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहको इन्स्योरेन्सको जगेडा कोषमा एक करोड ७५ लाख रुपैयाँ, बीमा कोषमा २ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा २१ लाख ५६ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा इन्स्योरेन्सले ७ हजार ९८९ वटा बीमालेख जारी गरी ९ करोड ३९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

३९ वटा दाबी वापत कम्पनीले २१ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६२ दाबी वापत १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।