४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न

May 12, 2019 Merolagani

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो ।

सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए ।

उक्त आयोजनाको बाँध, विद्युत्गृह र पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरिएको र सो बाँधक लागि पहाडभित्र १३५ मिटर सुरुङ खनी पानीलाई ‘डाइभर्ट’ गराएर बाँध निर्माण गरिएको हो ।

मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो । पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर लम्बाइ दुई मिटर गोलाइको पेनस्टक पाइप जडानकार्य ८० प्रतिशत सकिएको छ ।

आयोजनाले नारच्याङबेँसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन बेलिब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेको हो ।

विद्युत् विकास विभागले २०६४ मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको बताइएको छ । म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये यो सबैभन्दा ठूलो आयोजना हो । 


comments powered by Disqus

नयाँ दश जीबन बीमा कम्पनीमा देखियो रोचक प्रतिस्पर्धा

Aug 20, 2019 07:05 PM

- अरुण पाख्रेन।
पछिल्लो समय सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय  विवरण सार्वजनिक गरिसकेका छन्। जसमा निकै रोचक प्रतिस्पर्धा देखिएको छ। एक कम्पनीले एक शिर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शिर्षकमा अब्बल देखिएको छ।