नेपाल हाइड्रोको खुद नाफा ३८.६६ प्रतिशत बढ्यो,जगेडा कोषमा ४२६ प्रतिशतले सुधार

May 12, 2019 Merolagani

नेपाल हाइड्रो डेभलोपर (NHDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आव को यसै अवधिको तुलनामा ३८.६६ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले एक करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विक्री गर्दा लाग्ने खर्च र प्रशासनिक खर्च घटाएसँगै हाइड्रोको खुद नाफामा सुधार देखिएको हो ।

गत वर्षको यसै अवधिमा विद्युत विक्री गर्दा एक करोड १२ लाख रुपैयाँ खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च ५९ लाख ५७ हजार रुपैयाँमा सीमित राखेको छ ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी भने ११.३७ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा विद्युत बेचेर ८ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ४२६.८१ प्रतिशतले सुधार गरेको छ । हाइड्रोको चुक्ता पूँजी २६ करोड रहेको छ भने जगेडा कोषमा ३ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोको जगेडा कोषमा ५९ लाख १३ हजार रुपैयाँ सञ्चित थियो ।

प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात १६.१९ गुणा बढी छ ।


comments powered by Disqus

नयाँ दश जीबन बीमा कम्पनीमा देखियो रोचक प्रतिस्पर्धा

Aug 20, 2019 07:05 PM

- अरुण पाख्रेन।
पछिल्लो समय सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय  विवरण सार्वजनिक गरिसकेका छन्। जसमा निकै रोचक प्रतिस्पर्धा देखिएको छ। एक कम्पनीले एक शिर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शिर्षकमा अब्बल देखिएको छ।