सूचीकरणसँगै उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको छ । बैंकको गत पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी ८ अर्ब ४ करोड ६९ लाख रुपैयाँको ५ प्रतिशत बराबरको बोनस र १०.७९ प्रतिशत नगद लाभांश पारित भएको थियो।
उक्त बोनस साधारण सभाका लागि बुकक्लोज भएको अघिल्लो दिन पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख पुगेको छ ।