मिडिया काउन्सिल विधेयकप्रति नेपाल आर्थिक पत्रकार संघको आपत्ति

May 12, 2019 Merolagani

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा रहेको व्यवस्थाले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै आपत्ति प्रकट गरेको छ ।

सरकारले संघीय संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा नाफिजको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई जेल÷नेल पठाउने कुत्सित नियतसहित संसदमा पुगेको विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मात्रै होइन, कालान्तरमा अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउँदै जाने नियत देखेका विज्ञप्तीमा उल्लेख छ ।

नाफिजले स्वतन्त्र र मर्यादित प्रेसका पक्षमा रहेको तर तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानुन मान्य नहुने जनाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।