सरकारले खारेज गरेको विद्यालय युवाहरुको सक्रियताले नमूना बन्दै

May 12, 2019 Merolagani

सरकारले बन्द गरेको विद्यालय स्थानीय युवाहरुको सक्रियतामा पुन सञ्चालनमा आएपछि नमूना विद्यालयको रुपमा परिणत हुन थालेको छ ।

पोखरा महानगरपालिका वडा नं १८ सराङकोट सिमतालमा रहेको सरस्वती प्राथमिक विद्यालय विद्यार्थी संख्या कम भएको भन्दै सरकारले ०७२ सालमा बन्द गरेको थियो । २६ बर्ष पुरानो विद्यालय एकाएक बन्द भएपछि त्यहाँका बालबालिकाहरु निजी विद्यालयमा पढ्न बाध्य भएका थिए ।

विद्यालय बन्द भएको दुईबर्ष पछि स्थानीय सराङकोट समाज सेवा युवा क्लबको सक्रियतामा विद्यालय पुन संचालनमा ल्याइएको हो। गुणस्तरीय जीवन नेपाल नामक संस्थाले सहयोग गरेपछि विद्यालयले पुर्नजिवन पाएको सराङकोट समाज सेवा युवा क्लबका अध्यक्ष विष्णु थापाले बताए।

अहिले यो विद्यालय त्यस क्षेत्रकै नमूना विद्यालयको रुपमा परिणत भएपछि नीजि स्कूल छाडेर विधार्थीहरु यस विद्यालयमा भर्ना हुने क्रम बढेको उनको भनाई छ ।

युवाहरुको सक्रियता विद्यालय पुन संचालनमा आएपछि सरकारले एक शिक्षक समेत उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० भन्दा बढी विद्यार्र्थी रहेका छन् भने तीन जना शिक्षक शिक्षिका छन् ।

गुणस्तरीय जीवन नेपाल र युवा क्लबले विद्यालयको संचालन खर्च जुटाउदै आएको छ । सराङकोट क्षेत्रमा पाकिङ बाट उठेको रकमबाट क्लबले विद्यालय संचालन गर्दे आएको छ ।

यसैक्रममा क्लबले आइतबार उक्त विद्यालयका विधार्थीहरुलाई पाठ्य पुस्तक लगायत विभिन्न शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

अग्रेजी माध्यमबाट पढाई सुरु गरेको र विद्यालयमा नै खाजाको व्यवस्था समेत गरिएकाले पनि  नयाँ विधार्थी आउनेक्रम बढेको प्रधानध्यापक नारायण तिमिल्सिनाले बताए।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।