नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त

May 12, 2019 Merolagani

नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक निरौलालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

३० वर्षे नीतिका कारण यस अघिका प्रवक्ता नारायण पौडेल गत सातादेखि विदा बसेपछि राष्ट्र बैंकले नयाँ प्रवक्ता छनौट गरेको राष्ट्र बैंकले आफ्नो वेबसाइट मार्फत जनाएको छ । 

निरौलासँग राष्ट्र बैंककै सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्र विभागमा कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ । 

२०४६ साल माघमा राष्ट्र बैंक प्रवेश गरेका निरौला ५ वर्षदेखि कार्यकारी निर्देशकको रुपमा कार्यरत छन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।