सम्झौता बिना नै टुङ्गियो चीन–अमेरिका व्यापार वार्ता, ट्रम्पले बढाए शुल्क

May 12, 2019 Merolagani

अमेरिका र चीनका बीच दुई दिनसम्म चलेको व्यापार वार्ता बिना कुनै सम्झौता टुङ्गिएको छ । वार्ता असफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना शीर्ष अधिकारीहरुलाई चीनबाट आयात हुने सबै सामानमा आयात शुल्क बढाउने प्रक्रिया सुरु गर्नका लागि आदेश दिएका छन् ।

अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबरको सामानमा शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।

व्यापार वार्ता विफल हुनुको मुख्य कारणको रुपमा ट्रम्पले वार्ताभन्दा केही दिन पहिले मात्र २०० अर्ब डलर बराबरको चिनीयाँ सामानमा शुल्क बढाउँदै लामो आर्थिक लडाई जारी राख्ने कुरा गर्नुलाई मानिएको छ ।

व्यापार वार्ता बिफल भएसँगै ट्रम्पले ट्वीट गर्दे भने, आयात शुल्कले हाम्रो देशलाई कमजोर होइन झन् बलियो बनाउँछ । केबल यसलाई पछाडि बसेर हेर्दै जाऊ । ट्रम्पले उक्त नयाँ शुल्क केही केही दिनमा नै लागु हुने बताए । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।