नेटवर्किङ व्यवासाय मार्फत नेपाली ठग्ने १२ भारतीय पक्राउ

May 12, 2019 Merolagani

नेपाल प्रहरीले गैह्र कानूनी रुपमा नेटवर्किङ्ग व्यवसाय गरिरहेका १२ भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौं दरबारमार्ग स्थित होटल याक एण्ड यतिबाट अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

नेपालीहरूको पनि सहभागिता रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) र राष्ट्र बैंकका प्रतिनिधि सहित पुगेका थिए ।

प्रक्राउ पर्नेमा भारत नयाँ दिल्ली घर भई साइन ग्रुपको चिफ म्यानेजिङ्ग डाइरेक्टर बताउने रसिद नसिम, बैङगोलर घर भई भारतीय नागरिक बताउने नेपाली मूलका महेन्द्र सिंह सहित १२ जना भारतीय नागरीक छन् ।

नेपालीहरू समेत नेट वर्किङ व्यावसायमा लगानी गरिरहेको फेला पारी यस्ता कार्य गराउने भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले साइन सिटी, साइन इन्फ्रास्टक्चर, साइन डाएमण्ड एण्ड गोल्ड, साइन फरेक्स जस्ता विभिन्न कम्पनी मार्फत रियल स्टे्ट डाइमण्ड एण्ड गोल्ड र विदेशी मुद्रा खरिद बिक्रीमा लगानी गर्न लगाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

निजहरूले ३ जना नेपालीसँग १ करोड २३ लाख बराबर ठगी गरेको जाहेरी प्राप्त भएको, अन्य ठगिएका नेपाली लगानी कर्ताहरूको समेत खोजतलास गरी निजहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।