नाफा बढोत्तरीसँगै जनता बैंकको इपिएस १७ रुपैयाँ ६ पैसा पुगेको छ भने सेञ्चुरीको ९ रुपैयाँ ८७ पैसामा संकुचन आएको छ । गत आवको चैत मसान्त्सम्म जनताको १० रुपैयाँ ६३ पैसा र सेञ्चुरीको ११ रुपैयाँ १० पैसा थियो।
जनता बैंकको ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको लाभांश क्षमता कायम भएको छ भने सेञ्चुरीको ३४ करोड ५९ लाख रहेको छ । रिटेन्ड अनिङ्गमा जनता बैंकको ६२ करोड ३३ लाख छ भने सेञ्चुरीको ८२ करोड ६७ लाख रहेको छ ।
नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण अनुसार दुबै बैंकको गत आवको तेस्रो त्रैमास र हालको त्रैमासलाई तुलना गर्ने हो भने निक्षेप संकलन र कर्जा प्रवाह २० प्रतिशत हाराहारीको ग्रोथ रहेको देखिन्छ। यस्तै खुद ब्याज आम्दानीको वृद्धि ४५ प्रतिशत रहेको छ।
यस अवधिमा जनता बैंकले ७० अर्ब ४४ करोड निक्षेप संकलन गरि ६४ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ भने सेञ्चुरीले ५७ अर्ब ८२ करोड निक्षेप संकलन गरि ५७ अर्ब ३९ करोड बराबरको कर्जा लगानी गरेको छ ।
यसैगरि जगेडा कोषको आकारमा गरेको बढोत्तरी सेञ्चुरी बैंकको निकै उच्च रहेपनि रकमको आधारमा भने सेञ्चुरीको तुलनामा जनता बैंकको जगेडा कोषमा धेरै रकम सञ्चित छ। यस अवधिमा सेञ्चुरीको जगेडा कोषमा एक अर्ब १८ करोड र जनता बैंकको जगेडा कोषमा एक अर्ब ७५ करोड सञ्चित रहेको छ । सेञ्चुरी बैंकको चुक्ता पूँजी ८ अर्ब २५ करोड र जनता बैंकको ८ अर्ब चुक्ता पूँजी रहेको छ ।
खराब कर्जाको आधारमा हेर्दा दुबै बैंकको बढेको छ । सेञ्चुरी बैंकको कर्जा नोक्सानी व्यवस्था रकम बढ्दा खुद नाफामा गिरावट आएको छ । सेञ्चुरी बैंकले खराब कर्जा वापत ३४ करोड ५६ लाख व्यवस्था गरेको छ भने जनता बैंकले १९ करोड ८ लाख गरेको छ ।