सिभिल बैंकको नाफा ४७ प्रतिशतले बढ्यो, निक्षेप भन्दा कर्जाको आकार ठूलो

May 13, 2019 Merolagani

सिभिल बैंक लिमीटेड (CBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ३८ लाख रुपैयाँ खूद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७ प्रतिशतले नाफा बढाएको हो ।

गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख छ । 

संचालन मुनाफा तथा ब्याज आम्दानीमा भएको सुधारले बैंकको नाफामा बढोत्तरी आएको हो । बैंकले ९ महिनाको अवधिमा ७६ करोड ५७ लाख संचालन नाफा गरेको छ ।

३९ अर्ब ९२ करोड निक्षेप संकलन गरी ४१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको बैंकले १ अर्ब ५७ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशत बढी हो ।
आठ अर्ब बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड छ ।

बैंककोे ३.७४ प्रतिशतमा रहेको खराब कर्जाको अनुपात बढेर ३.९६ प्रतिशत पुगेको छ । कोषको लागत घटेर ८.४० प्रतिशत कायम भएको छ भने बैंकको आधार दर घटेर ११.२० प्रतिशतमा झरेको छ ।

नाफामा भएको सुधारले बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.९३ गुणा कायम भएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।