गत वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस कम्पनीले व्यापार बढाउँदै बस्तु बिक्रीको खर्चमा उल्लेखनीय नियन्त्रण गर्दा नाफा बढेको हो ।
यस कम्पनीले गोल्डेन ओएक ब्राण्डको मदिरा उपभोक्ताले अत्याधिक रुचाएका कारण आम्दानीमा सुधार भएको र ब्लाक ओएक नामको अर्को प्रोडक्टबाट पनि सकारात्मक धारण प्राप्त भएको र रोयल ट्रिजरको बिक्री वितरणमा भने कम्पनीले आशा गरे बमोजिम हुन नसकेको पनि जनाएको छ ।
यस अवधिमा कम्पनीले व्यापारमा लाग्ने खर्च सामान्य वृद्धि गरेको छ । चालु आवको चैत मसान्तमा कम्पनीले २० करोड ८ लाख बिक्री वितरण खर्च गरेको छ । यो गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको हो । गत आव वर्षको यसै अवधिमा कम्पनीले १८ करोड ९९ लाख रुपैयाँ व्यापार खर्च गरेको थियो ।
चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको कम्पनीले ७३ करोड ६१ लाख रिटेन्ड अम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले एक अर्ब ७२ करोड ५७ लाख रुपैयाँको मदिरा व्यापार गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा २६ करोड ८१ लाख रुपैयाँ धेरै मदिरा बिक्री गरेको हो । गत वर्ष कम्पनीले एक अर्ब ४५ करोड ७६ लाख रुपैयाँ बराबरको मदिरा व्यापार गरेको थियो ।
चैत मसान्तमा १७ करोड ३५ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको अन्य सञ्चालन आम्दानी १५ करोड ४३ लाख रुपैयाँले धेरै हो । गतवर्ष कम्पनीले एक करोड ९२ लाख रुपैयाँ अन्य सञ्चालन मार्फत आम्दानी गरेको थियो ।
यस्तै गत वर्ष भन्दा कम्पनीको कार्यालय खर्चमा बढोत्तरी भएको छ । यस तैमासमा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ बराबर कार्यालय खर्च गरेको छ । यो गतवर्षको तुलनामा कार्यालय खर्च ६१.६२ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष कम्पनीले ८ करोड ८७ लाख रुपैयाँ कार्यालय खर्च गरेको थियो ।
कम्पनीसँग चल अचल सम्पत्ति गरि कूल १ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । यस्तै अचल दायित्व २२ करोड ६५ लाख तथा चालु दायित्व ३१ करोड २२ लाख रुपैयाँ छ ।
तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८४ रुपैयाँ ८३ पैसा छ भने बार्षिक ११३ रुपैयाँ हुने देखिन्छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ३२८ रुपैयाँ ५७ पैसा छ ।