एशियन लाइफको खुद बीमा शुल्क आर्जन नौ महिनामा २ अर्ब ६५ करोड, नाफामा उल्लेखीय बढोत्तरी

May 13, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ७३ करोड ३७ लाख रुपैयाँले बढी हो ।

गत वर्ष कम्पनीले १ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९२ करोड ९४ लाख रुपैयाँ, बीमालेख धितो कर्जामा १ अर्ब २० करोड १६ रुपैयाँ लगानी गरेर ३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघिको ५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको यहि अवधिको तुलनामा २ करोड १२ लाख रुपैयाँले बढी हो । गत बर्ष कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ भएको एशियन लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गरेको छ । त्यस पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब एक करोड पुग्नेछ ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा १५ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ, जगेडा कोषमा २८ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म २ लाख ६० हजार ७७३ बीमालेख रहेको कम्पनीले कुल १९ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ३ हजार ४१८ दाबी वापत ९९ करोड ३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८० दाबी वापत २ करोड ४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।