युनिलिभरको व्यापार तथा नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कती ?

May 13, 2019 Merolagani

शेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर कम्पनी (UNL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा व्यापार तथा मुनाफा सामान्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको नाफा गत बर्षको यसै अवधिको तुलनामा ८.६१ प्रतिशतले बढेको छ ।

दोस्रो बजारमा प्रतिकित्ता शेयर मूल्य २० हजार रुपैयाँको हाराहारीमा कारोबार भईरहेको कम्पनीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २७ करोड ३६ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवअधिमा कम्पनीले २५ करोड १९ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको मुनाफामा सामान्य सुधार भए सँगै प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत बर्षको चैत्रमा २७४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २९७ रुपैयाँमा पुगेको छ ।

चैत्र मसान्तसम्ममा एक अर्ब ४१ करोड ८० लाख रुपैयाँको आफ्ना उत्पादनहरु बिक्री गरेर आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा कम्पनीको व्यापार २७ करोड २० लाख रुपैयाँले धेरै हो । गत बर्षको यसै अवधिसम्ममा एक अर्ब १४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै यस अवधिमा कम्पनीको अन्य आम्दानी १२ करोड ३० लाख रुपैयाँ छ ।

चुक्ता पूँजी ९ करोड २१ लाख रअ‍ेको कम्पनीको जगेडा कोषमा दुई अर्ब ९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ दुई हजार ३७६ रुपैयाँछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।