अरुण भ्याली हाइड्रोपावरको नाफा ७४.५१ प्रतिशतले बढ्यो

May 13, 2019 Merolagani

अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७४.५१ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले २ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत विक्री र अन्य स्रोत मार्फतको आम्दानी बढेसँगै हाइड्रोपावरको नाफा बढेको हो । योसँगै हाइड्रोपावरले प्रशासनिक खर्च र आयोजना खर्च पनि सीमित बनाएको छ ।

यस अवधिमा हाइड्रोपावरको प्रतिशेयर आम्दानीमा भने २ रुपैयाँ ५५ पैसाको बढेको छ । गत वर्ष ३ रुपैयाँ ४२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ रुपैयाँ ९७ पैसा रहेको छ ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् ४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८.२३ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फतको आम्दानी १५२.०४ प्रतिशतले बढाएको छ । गत वर्षको यसै अवधिमा अन्य स्रोत मार्फत् एक करोड २० लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरले प्रशासनिक खर्च ६१.०९ ले घटाएर २६ लाख ८१ हजारमा झारेको छ भने आयोजना खर्च ४४.११ प्रतिशतले घटाएर ३६ लाख ६३ हजार रुपैयामा सीमित बनाएको छ ।

९३ करोड ३० लाख रुपैयाँ बराबरको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोपावरले जगेडा कोषमा १३५.९७ प्रतिशतले सुधार गर्दै ६ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्ष हाइड्रोपावरको जगेडा कोषमा २ करोड ८० लाख रुपैयाँ सञ्चित थियो ।

हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १७.१० गुणा बढी छ ।


comments powered by Disqus

नयाँ दश जीबन बीमा कम्पनीमा देखियो रोचक प्रतिस्पर्धा

Aug 20, 2019 07:05 PM

- अरुण पाख्रेन।
पछिल्लो समय सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय  विवरण सार्वजनिक गरिसकेका छन्। जसमा निकै रोचक प्रतिस्पर्धा देखिएको छ। एक कम्पनीले एक शिर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शिर्षकमा अब्बल देखिएको छ।