सूर्या लाइफको खुद बीमा शुल्क डेढ अर्ब नजिक, हकप्रद र बोनस पछि चुक्ता पूँजी दुई अर्ब पुग्ने

May 13, 2019 Merolagani


सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४५ करोड ६९ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

सूर्या लाइफको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफा १३ करोड ७१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो ३ करोड ९४ लाख रुपैयाँले बढी हो । गत वर्ष ९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले लगानी तथा अन्य आयबाट ३० करोड ६० लाख रुपैयाँ, बीमा लेख धितोमा ३४ करोड १२ लाख रुपैयाँ लगानी गरी २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ, जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैयाँ र महा विपत्ती ६ करोड ७० लाख रुपैयाँ संचित छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।

तीन लाख ७८ हजार बीमालेख रहेको कम्पनीले कुल बीमा शुल्क भने १ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ संकलन गरेको छ । एक अर्ब १० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले कुल एक हजार २३८ दाबी वापत १८ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३१० दाबी वापत परेको एक करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ३२.५० गुणा बढी छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।