आईएमई जनरल इन्स्योरेन्सको खुद नाफा १० करोड, करिब ३० करोड भुक्तानी गर्न बाँकी

May 13, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब ३१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २ हजार २८ दाबी वापत ३० करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हो ।

यस अवधिमा कम्पनीले २ हजार ११० दाबी वापत २९ करोड ३० लाख रुपैयाँ भने भुक्तानी गरेको छ ।

चालु आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ७७ लाख रुपैयाँले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले यस अवधिमा ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ करोड ४३ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै पुर्नबीमा कमिशनबापत १० करोड ८८ लाख, लगानी कर्जा तथा अन्य आयवाट ३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

८० प्रतिशत हकप्रद निष्काशन गरेर कम्पनीले चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडा कोषमा १९ करोड ४४ लाख रुपैयाँ, बीमा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

हाल सम्म कम्पनीले ६३ हजार १८२ वटा बीमालेखबाट ९० करोड २२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ६ हजार ६७४ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २९.१५ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।