अपि पावरले झण्डै शतप्रतिशतले बढायो खुद नाफा

May 13, 2019 Merolagani

अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ३१ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा अपिले ३ करोड ८१ लख ४० हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा अपिको खुद नाफा ९२ प्रतिशतले बढेको हो ।

कम्पनीले चैत्र मसान्त सम्ममा विद्युत बिक्रीबाट १५ करोड ३४ लाख तथा अन्य आम्दानीबाट १९ लाख ६७ हजार गरि कुल १५ करोड ५४ लाख आम्दानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ १९ पैसा र प्रति शेयर नेटवर्थ १०६ रुपैयाँ ४४ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा अपिको प्रतिशेयर आम्दानी ४ रुपैंया ४८ पैसा तथा प्रतिशेयर नेटवर्थ १०३ रुपैंया ६७ पैसा थियो ।

१ अर्ब १९ करोड ७ लाख रुपैंया चुक्ता पूँजी रहेको अपिको जगेडा कोषमा ७ करोड ६६ लाख रुपैंया सञ्चित छ ।

८.५ मेगावाट क्षमताको नौगड गाढ आयोजना संचालन गरिरहेको कम्पनीले ८ मेगावाट प्रशारण लाईनमा जडान गर्ने तयारी गरिरहेको छ । ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि अपिले आवश्यक गृहकार्य गरिरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।