दुई लघुवित्तको आईपिओ भर्ने मंगलबार अन्तिम दिन, दुबैमा उच्च माग

May 14, 2019 Merolagani

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएका साधारण शेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।

दुबै लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र स्वाभिमान लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ।

बिक्री प्रबन्धकहरुका अनुसार बैशाख ३० गते सोमबार साँझसम्म सर्वसाधारणमा निष्काशन भएको कित्ताका आधारमा जनसेवीको आईपिओ ११.५१ गुणा र स्वाभिमानमा २६.६९ गुणा बढी माग भएको छ ।

जनसेवीको आईपिओमा ४९ लाख ८३ हजार कित्ताका लागि आवेदन परेको छ। २ लाख ७७ हजार ४०० बढी आवेदकबाट सो माग भएको हो । स्वाभिमानको आईपिओमा ४९ लाख ५४ हजार कित्ताको आवेदन परेको छ। २ लाख ७० हजार ८०० बढी आवेदकबाट सो माग भएको हो ।

जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत अर्थात १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२।१० प्रतिशत अर्थात प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये सामुहिक लगानीकोषहरुका र कर्मचारीका लागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको आईपिओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपिओ एनपी ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दातल आधार रहेको बुझाउँछ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

यसैगरि स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो । कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।