इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कमाएको यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ८.४३ प्रतिशतले धेरै हो। गत आवको यसै अवधिमा कम्पनीके खुद नाफा ३१ करोड एक लाख रुपैयाँ थियो ।
चुक्ता पूँजी एक अर्ब पाँच करोड रहेको कम्पनीको बीमा कोषमा एक अर्ब एक करोड ९३ लाख सञ्चित छ । इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २८ करोड २४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ११ पैसाबाट बढेर ४२ रुपैयाँ ४० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २८ पैसा, र मुल्य आम्दानी अनुपात २०.८९ गुणा बढी छ ।
दुई लाख १५ हजार ९०५ बीमालेख जारी गरेको कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै ५ हजार ६४७ वटा परेको एक अर्ब १४ करोड ४५ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ भने ४ हजार २१४ दाबीबाट परेको ८० करोड ८२ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । कम्पनीले तेस्रो त्रैमाससम्म ३१ करोड ५४ लाख बराबरको दाबी वापतको भुक्तानी गर्न बाँकी रहेको छ ।
गत आवको तेस्रो त्रैमासको यसै अवधिमा कम्पनीले दुई लाख १५ हजार ६०२ बीमालेख बाट दुई अर्ब ४५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस्तै ५ हजार ९५७ वटा परेको ८६ करोड एक लाख बराबरको कुल दाबी भुक्तानी र ४ हजार ५५२ दाबीबाट परेको ७३ करोड १२ लाख बराबरको कुल दाबी भुक्तानी गर्न बाँकी थियो । तेस्रो त्रैमाससम्म ३२ करोड १२ लाख बराबरको दाबी वापतको भुक्तानी गर्न बाँकी रहेको थियो।