सोल्टी होटलको नाफा ५२ प्रतिशत बढ्यो

May 14, 2019 Merolagani

सोल्टी होटल (SHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा होटलको खुद नाफा ७ करोड ९२ लाख रुपैयाँ अर्थात ५२.२१ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा होटलले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । होटलको मर्मतको चरण सकिएको र आम्दानी वृद्धिका लागि अपनाएको रणनीतिक योजना अनुरुप होटलको मुनाफामा सुधार आएको हो ।

होटलले यस अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब ३१ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा १८ करोड ७८ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा होटलले एक अर्ब १३ करोड ९ लाख रुपैयाँ व्यापार व्यवसायबाट आमदानी गरेको थियो ।

यस्तै यस अवधिमा होटलले २९ करोड ३८ लाख रुपैयाँ होटल सञ्चालन नाफा कमाएको छ । गत आवको चैत मसान्तसम्ममा होटलले १९ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको होटलको जगेडा कोषमा ८९ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । होटलको प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ४३ पैसा छ ।

होटलले गत वर्षको मूनाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गरेको छ । होटलले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको कुल आय आर्जनमा समग्रमा १६ प्रतिशतले वृद्धि भएको छ । चौथो त्रैमाससम्मा आय बढाउन व्यवसायीक रणनीतिक संयन्त्रको समुचित सदुपयोग गर्दै होटलको अक्यूपेन्सी बढाउने,र पर्यटन बजारको विविध खण्डमा प्रवेश गरि पर्यटक आकर्षित गर्ने रणनीति लिएको छ । यस्तै व्यवस्थापन अत्याधुनिक प्रविधिको साधन प्रयोग गरि आम्दानी बढाउने र  सञ्चालन लागतमा मितव्ययीता गर्दै अनावश्यक खर्च कटौती गर्ने उल्लेख गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।