हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क घटेपनि नाफा करिब २५ प्रतिशतले बढ्यो

May 14, 2019 Merolagani

- करिब डेढ अर्बको भुक्तानी गर्न बाँकी।
हिमालयन जनरल इन्स्योरेन्स (HGI) को खुद बीमा शुल्क घटेपनि खुद नाफा २४.९७ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा इन्स्योरेन्सको खुद नाफा १२ करोड ४९ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा इन्स्योरेन्सको खुद नाफा ९ करोड ९९ लाख रुपैयाँ थियो ।

इन्स्योरेन्सको खुद बीमा शुल्क भने १ करोड ४९ लाख ८१ हजार रुपैयाँले घटेर २२ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ। गत आर्थिक वर्षको यस अवधिमा २३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशन वापत ९ करोड ९७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको अन्य आम्दानीहरु बढ्दा नाफामा भने सुधार देखिएको हो ।

एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ८४ लाख रुपैयाँ र बीमा कोषमा ४६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले हालसम्म ३५ हजार ६८६ वटा बीमालेखबाट ९६ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल ४ हजार ६० वटा दाबी वापत ४६ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १ हजार १५८ वटा दाबी वापत १ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधि सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ३१.६६ गुणा बढी छ ।


comments powered by Disqus

हिमालयन डिष्टिलरीको शेयर कारोबारमा कैफियत, बोर्डले शुरु गर्यो छानबिन

Jan 28, 2020 04:22 PM

हिमालयन डिष्टिलरीको शेयर कारोबारमा कैफियतको आशङ्का गर्दै नेपाल धितोपत्र बोर्डले छानबिन अघि बढाएको छ। कम्पनीको माघ यता भएको कारोबारमा शङ्का गर्दै बोर्डले छानबिन अघि बढाएको हो।