नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क पाँच अर्ब नजिक

May 14, 2019 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ४ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सले खुद बीमा शुल्क ८२ करोड १८ लाख रुपैयाँले बढाएको हो ।

गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट २ करोड ३३ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ४८ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै बीमालेख धितोमा ३ अर्ब २८ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेर २२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद नाफा पनि ८ करोड ३९ लाख रुपैयाँले बढेर ३० करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बिमांकीय मुल्यांकन नगरी जीवन बीमा कम्पनीले गरेको खुद नाफालाई आधार मान्न सक्ने अवस्था रहदैन् । तसर्थ यो खुद नाफामा परिवर्तन आउन सक्छ ।

चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ रहेको कम्पनीले जगेडाकोषमा ६८ करोड ७५ लाख रुपैयाँ, जीवन बीमा कोषमा २५ अर्ब २२ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

हाल सम्म कम्पनीले ७ लाख ८ हजार ३६० वटा बीमालेखबाट ४ अर्ब ९२ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले कुल १२ हजार ५४९ वटा दाबीका लागि एक अर्ब ८२ करोड ३५ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने २५ करोड ८० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८५ पैसा र मुल्य आम्दानी अनुपात ४३.४९ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।