कोषले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्म २८ करोड ७७ लाख खुद नाफा आर्जन गरेकोे छ । कोषको नाफा समीक्षा अवधिमा ५ करोड रुपैयाँले बढेको हो । कोषले गत आर्थिक बर्षको चैतमसान्त सम्ममा कुल २३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले आफ्नो खर्च कटौतीमा तथा व्याज आम्दानीमा उल्लेख्य सुधार गरेसँगै समग्र नाफामा वृद्धि देखिएको हो ।
यस अवधिमा कोषको ब्याज आम्दानी १ करोड ५५ लाख रुपैयाँ बाट बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट कोषले एक करोड १० लाख तथा लाभांस आम्दानी गरेको छ ।
यसैगरी सो अबधिमा कोषको सेवा शुल्क तथा कमिशन आम्दानी पनि बढेर ४८ करोड ५० लाख रुपैयाँ पुगेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कोष संचालन खर्च १५ करोड ८ लाख रुपैयाँ छ। गत बर्षको यसै अवधिमा १५ करोड ५३ लाख थियो ।
कोषको सेयर पूँजी एक अर्ब १० करोड रुपैयाँ छ भने कोषको खुद मौज्दातमा एक खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ छ । यसअवधिमा कोषले एक खर्ब २० अर्ब ३० करोड लगानी गरेको छ । कोषले बैंक मौज्दातमा एक अर्ब ८९ करोड छ । कोषको चालु सम्पत्ति ३ अर्ब ३५ करोड छ ।
नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी गत आबको चैत मसान्तको भन्दा २ रुपैयाँले बढ्दै ३५ रुपैयाँ पुगेको छ । तर, असारको तुलनामा भने ५ रुपैयाँले कम हो । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ छ । कम्पनीको कोषको लागतमा बढेको छ ।