नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ८ करोडले बृद्धि, ९६ करोड भुक्तानी गर्न बाँकी

May 14, 2019 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३८ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ७ करोड ९६ लाख रुपैयाँले बीमा शुल्क बढाएको हो ।

कम्पनीले हाल सम्म १ लाख १४ हजार ५१९ बीमालेख जारी गरी ८५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत वर्षको यसै अवधिमा ५६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशनबाट ११ करोड ७२ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले यस अवधि सम्ममा १३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै

अवधिको तुलनामा खुद नाफा ६ करोड २३ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल ६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको कम्पनीको जगेडा कोषमा ३६ करोड ५० लाख रुपैयाँ, बीमा कोषमा २६ करोड रुपैयाँ सञ्चित छ ।

इनस्योरेन्सले हाल कामय चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री गरि सकेको छ । त्यसपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ९१ लाख रुपैयाँ पुग्नेछ ।

यस अवधिमा कम्पनीले एक हजार ६५८ दाबी वापत ३५ करोड ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक हजार ८७२ दाबी बापत ९६ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ

कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात १३.४४ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।