प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क घट्दापनि ५६ लाखले बढ्यो खुद नाफा

May 14, 2019 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसैअवधिको तुलनामा ५६ लाख १७ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड १६ लाख रुपैयाँँ खुद नाफा कमाएको थियो ।

यता खुद बीमा शुल्क भने ६५ लाख ६२ हजार रुपैयाँले घटेर ३५ करोड ५७ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्ष ३६ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १४ करोड ६० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा ४६ करोड १४ लाख रुपैयाँ, जगेडा कोषमा २३ करोड २९ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा कम्पनीले ९४ करोड २३ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ भने हालसम्म ९७ हजार ५१७ वटा बीमालेखहरु जारी गरेको छ । इन्स्योरेन्सले ३ हजार ८९५ दाबी वापत ५५ करोड २ लाख रुपैयाँ कूल भुक्तानी गरेको छ । यस्तै ३ हजार ३९० दाबी वापत ७३ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २६.२७ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।