इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २० करोड ८६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्त सम्ममा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६ लाख ७६ हजार रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले १७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँमा स्थिर रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड ९८ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडामा ८ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८६ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याउने तयारी गरेको छ ।
कम्पनीले एक लाख ६ हजार ४७२ वटा बीमालेख जारी गरी हाल सम्म एक अर्ब ५८ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले ४ हजार १७४ कुल दाबी वापत ६५ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ८६१ दाबीवापत ८८ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।
यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा, प्रतिशेयर नेटवर्थ ३३५ रुपैयाँ ७८ पैसा र मुल्यआम्दानी अनुपात ३१.४७ गुणा बढी छ।