सूचीकृत कम्पनीहरुको पर्फमेन्सले बढायो बजार, एक अर्ब बढीको शेयर किनबेच

May 14, 2019 Merolagani

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा अधिकांस सूचीकृत कम्पनीहरुले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेपछि शेयर बजारमा सुधार देखिएको छ । कम्पनीहरुको प्रगतिप्रति लगानीकर्ता आशावादी रहदा नेप्से सूचक दोहोरो अंकले उकालो लागेको छ भने अर्ब बढीको कारोबार भएको छ ।

निरन्तर कारोबार रकममा आएको सुधारले बजारको सकारात्मक लय समात्ने संकेत गरेको छ । वित्तीय विवरणहरु आएसँगै लगानीकर्ताहरुले समूहगत रुपमा पोर्टफोलियो व्यवस्थापन गर्न थालेका छन् । जसले गर्दा समूहगत सूचकहरुमा क्रमश रौनकता देखिन थालेको छ ।

वित्तीय विवरण प्रकासित हुँदै गर्दाको सुरुवाती चरणमा वाणिज्य बैंकहरुको शेयरको माग अत्याधिक थियो। त्यो क्रमश जीवन बीमा, हाइड्रो,उत्पादन मुलक हुँदै र्नीजिवन बीमा कम्पनीतर्फ सरेको छ ।

मंगलबारको बजारमा सबैभन्दा धेरै निर्जीवन समूहको सूचक उकालो लाग्नुले पनि यस्तो संकेत गर्छ । वित्तीय विवरण आउनु अगावै बढ्न थालेको शिवम् सिमेन्टको शेयर मूल्य विवरण प्रकाशन गरेपछि पनि लगातार बढेको छ ।

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर एक अर्ब भन्दा बढीको करोबार भएको छ । वेबसर्फरको फाइबरमा समस्या आउँदा नेप्से वेबसाइटमा डिस्प्ले देखिएको थिएन । तर कारोबार भने भएको थियो ।

यस दिन नेप्से १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा पुगेको छ । १७० कम्पनीका ३१ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम सोमबारको तुलनामा २८ करोड ८ लाख रुपैयाँले बढी हो । सोमबार ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार करोबारमा आएका १२ उपसमुह मध्ये व्यापार समुहको सूचक मात्रै ०.१७ अंकले नकारात्मक भएको छ भने बाँकी ११ उपसमुहको सूचकमा हरियाली छाएका हुन् ।

निर्जीवन बीमाको सूचक सबै भन्दा धेरै १४५.८४ अंकले सुधार भएको छ । यस्तै उत्पादन तथा प्रशोधन ८४.७१, जीवन बीमा ४३.०८, होटल १७.५७, वाणिज्य बैंक १४.१४, विकास बेंक ११.६, माइक्रोफाइनान्स ९.५, फाइनान्स २.६९, हाइड्रोपावर २.५९, म्युचुअल फण्ड ०.०९, अन्य ०.०८ अंकले सकारात्मक बनेका हुन् ।

मंगलबार नेपाल बैंकको शेयर अधिक मात्रामा कारोबार भएको छ । बैंकको मात्रै १० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको ८ करोड ४१ लाख, कृषि विकास बैंकको ७ करोड ८३ लाख, एनसीसी बैंकको ५ करोड ४९ लाख, प्राइम कर्मशियल बैंकको ४ करोड ७१ लाख, अपर तामाकोशीको ३ करोड १५ लाख बराबरको कारोबार भएको छ ।

एनएमबी बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर पनि २ करोड रुपैयाँ भन्दा बढीको करोबार भएको छ ।

मंगलबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण दुबै समुहको शेयरमूल्य र शिवम् सिमेन्टको शेयरमूल्यमा सर्किट लागेको छ भने सूर्योदय लघुवित्तका शेयरधनीले ७ प्रतिशत बढीले गुमाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण शेयरमूल्य १० प्रतिशत र संस्थापक शेयर ९.९९ प्रतिशतले बढेको हो । यता शिवम् सिमेन्ट शेयरधनीहरुले पनि आजको कारोबारबाट ९.८६ प्रतिशतले कमाएका छन् ।

यस्तै भार्गव विकास बैंकको शेयरमूल्य ८.१५, कृषि विकास बैंकको ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.१४, ओरेन्टल होटलको ६.४२ र युनाईटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६.०६ प्रतिशतले बढेको हो ।

यता सूर्योदय लघुवित्तको शेयरमूल्य ७.५५ प्रतिशत घट्दा जोशी हाइड्रोपावरको शेयरधनीले ५ प्रतिशतले गुमाएका छन् । यस्तै सर्पोट माइक्रोफाइनान्स, ग्लोवल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य, समिट माइक्रोफाइनान्स, माउन्टेन हाइड्रो नेपाल, कालिका लघुवित्त, सिर्नीजी पावर, एचआईडिसीएल, छाङदी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।