छयाङ्दी हाइड्रोपावरको नाफा ४५ प्रतिशतले बढ्यो

May 14, 2019 Merolagani

छयाङ्दी हाइड्रोपावर (CHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा हाइड्रोपावरको खुद नाफा २२ लाख १२ हजार रुपैयाँ अर्थात ४५ प्रतिशतले बढेको हो ।

गत वर्षको यसै अवधिमा हाइड्रोपावरले ४९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिद्युत्त बिक्री मार्फतको कमाई घटेता पनि कर्मचारी खर्चलाई कम गर्दै सञ्चालन नाफा बढाउदा हाइड्रोपावरको नाफा बढेको हो ।

यस अवधिमा हाइड्रोपावरले ४ करोड १५ लाख रुपैयाँ बिद्युत बिक्री मार्फत आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा हाइड्रोपावरको आम्दानी ४४ लाख रुपैयाँ घटेको हो । गत वर्ष हाइड्रोपावरले चार करोड २० लाख रुपैयाँ विद्युत विक्री मार्फत आम्दानी गरेको थियो ।

त्यस्तै हाइड्रोपावरले यस अवधिमा तीन करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा झिनो मात्रामा सुधार भएको हो । गत वर्षको यसै अवधिमा हाइड्रोपावरले तीन करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा थियो ।

चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ४१ लाख रुपैयाँ सञ्चित छ । हाइड्रोपावरले प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २३ पैसा छ । मूल्य आम्दानी अनुपात ३८.२० गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।